धेरै-धेरै वर्षपहिले त्यहाँ एउटा ब्राम्हण परिवार आयो, दक्षिणतिरबाट। खोलाको छेउमै खेती गर्ने उद्देश्यले जंगलको सानो टुक्रा फाँडेर खेतीका लागि जमीन झिकेर त्यो ब्राम्हण परिवार त्यहीं घरजम गरेर बस्यो। तिनताक मानिसले ठाउँलाई पेलेको थिएन; जनसंख्या सिमित थियो; त्यसो हुनाले, गाउँ-घर टाढा-टाढा हुन्थे। आफ्नो गाउँ-घरवालाहरूले त्यो कोइराला बनलाई फाँडेर खेती गर्ने ब्राम्हणलाई- कोइरालाबाजे भन्न थाले। यसप्रकार बनको एउटा फूलले थलो र मानिसलाई आफ्नो सुन्दर नाउँ पहिरायो- कोइरालाफाँट र कोइरालाबाजे।
कोइरालाबाजेको ठूलो परिवार भयो, जो उनको मृत्युपछि छोराहरूमा बाँडियो। प्रत्येक सन्तानले आफ्नो भागमा परेको परिवार र जायजेथाको हिस्सा लिएर फरक-फरक घरबार जोरे। त्यसपछि तिनीहरूका सन्तान झन् विस्तृत भए र एवं प्रकारले एकपछि अर्को आउने पिढींले कोइरालाहरूको वृद्धि गर्दै, र बन मास्सिंदै गयो। मनुष्य बढ्यो, जंगल नास्सियो।
स्रोत: आफ्नो कथा, विश्वेश्वरप्रसाद कोइराला
Blogger is so nice sir ....
ReplyDelete